नियम १०
शाखा प्रमुख र कर्मचारी तोक्न सक्ने
(१) इजलासबाट हेरिने मुद्दाको फाँट सञ्चालनका लागि रजिष्ट्रारले अदालतको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत कर्मचारीलाई शाखा प्रमुखको रुपमा काम गर्ने गरी तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको शाखा प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः –
(क) आफूलाई तोकिएको शाखामा मातहत कर्मचारीहरुबाट हुने काम, कारबाहीको निरीक्षण, अनुगमन गरी प्रत्यक्ष नियन्त्रण गर्ने,
(ख) इजलासबाट भएको आदेशको शीघ्र कार्यान्वयन गर्ने,
(ग) रजिष्ट्रारले अधिकार प्रत्यायोजन गरी तोकिदिएको अन्य काम गर्ने ।
(३) मुद्दा शाखामा रही काम गर्न रजिष्ट्रारले अदालतको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत र फाँट अधिकृतलाई सहयोग गर्न आवश्यकता अनुसार अन्य कर्मचारी तोक्न सक्नेछ ।
(४) सम्बन्धित शाखामा नियमित रुपमा गर्नुपर्ने कामका अतिरिक्त शाखा प्रमुख वा महाशाखा प्रमुख वा रजिष्ट्रारबाट लिखित वा मौखिक रुपमा निर्देशन गरिए बमोजिमको कम गर्नु उपनियम (३) बमोजिम तोकिएको अधिकृत र अन्य कर्मचारीको कर्तव्य हुनेछ ।